शुक्रबार, भदौ १९, २०८३

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा आज दलहरूसँग छलफल गर्दैछ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं - वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा आज निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दैछ।

आयोगको कार्यालयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

‘हामीले बिहान ११ बजे दलहरूलाई छलफलका लागि बोलाएका थियौं, आउने क्रम जारी छ,’ उनले भने, ‘केहीबेरपछि छलफल सुरु हुन्छ।’

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको हो। दलहरूसँगको छलफलमा उक्त मस्यौदामा राय परामर्श लिने कार्यक्रम छ। 

छलफलका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ। 

राजनीतिक दलहरूसँगको छलफलपछि आयोगले आचारसंहिता सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित: Feb 14, 2021| 06:10 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।