शुक्रबार, भदौ १९, २०८३

हिंसात्मक विद्रोह इतिहासको कालो पर्व : कमल थापा 

राप्रपा अध्यक्ष कमल थापाले हिंसात्मक विद्रोह नेपालको इतिहासमा कालो पर्वका रुपमा रहने टिप्पणी गरेका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं-  राप्रपा अध्यक्ष कमल थापाले हिंसात्मक विद्रोह नेपालको इतिहासमा कालो पर्वका रुपमा रहने टिप्पणी गरेका छन्।

फागुन १ गतेका तितो सम्झना भन्दै उनले तत्कालीन विद्रोही माओवादीद्वारा गराइएको हिंसात्मक कार्य नेपालको इतिहासमा कालो पर्वका रुपमा रहने उल्लेख गरेका हुन्। 

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीले २०५२ सालमा सुरु गरेको हिंसात्मक विद्रोहमा १७ हजार नेपालीको ज्यान गएको थियो। यस्तै अर्बौं आर्थिक नोक्सानी भएको थियो।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'देश र जनताले दुःख पाए। त्यो निरर्थक हिंसात्मक कार्य नेपालको इतिहासमा कालो पर्वका रूपमा रहनेछ।'

माओवादीले बहुदलीय प्रजातन्त्र, संसदीय व्यवस्था, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रविरुद्ध हिंसात्मक आन्दोलन गरेको थियो। नेकपाले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।

प्रकाशित: Feb 13, 2021| 13:14 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।