सहरबजारमा समान काम र समान ज्यालाका ठूलठूला चर्चा र आन्दोलन हुने गरेको भए पनि ग्रामिण क्षेत्रमा भने महिला वर्षौँदेखि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन्।
डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडक खण्डमा मृत फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले तयार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन संघको नियामक निकायले दाबी गरेको छ।