सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउँछु : दाहाल

पार्टी सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउँछु : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरणका लागि  देशव्यापी अभियान चलाउने बताएका छन्।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरणका लागि  देशव्यापी अभियान चलाउने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आज  आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए।

अब आफू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उनले मुलुकका लागि फेरि पनि बलिदान गर्छौँ भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताए। 

‘हिजो मुलुक परिवर्तनका लागि ज्यानको बाजी लगाएर सशस्त्र युद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दै छन्’, अध्यक्ष दाहालले भने।

जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनले बताए।

‘जनसंघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध अहिले पनि हमला भइरहेको छ, हामी आफ्नै खुट्टामा उभिने गरी तयारी गरिरहेका छौँ, केही समय योसँग उभिने, उसँग मिले होला कि भनेर सहकार्य गरियो’, उनले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफैँ कमजोर भएको पक्कै हो, अब आफ्नै खुट्टामा उभिने र पूराना साथीहरुलाई एकताबद्ध बनाएर लैजाने विश्वासका साथ लागेको छु।’

जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशीविदेशी तत्व लागि परेको बताउँदै उनले त्यस्ता षडयन्त्रलाई पररास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। ‘राष्ट्र र परिवर्तनको आन्दोलनका विरुद्ध देशभित्र र बाहिरका प्रतिक्रियावादीले ठूलो षड्यन्त्र गरिरहेका छन्’, उनले भने, ‘हामीले त्यसलाई परारस्त गर्नुछ, गरिन्छ पनि, किसान, मजदुर, उत्पीडित जनसमुदायसँग जोडियौँ भने हामीले शान्तिपूर्णरुपमा युद्ध जित्छौँ।’

यसैबीच अध्यक्ष दाहालले आजै जनयुद्धकालका सहिद भरत ढुंगानाको स्मृतिमा प्रकाशित गरिएको ‘भरत ढुंगाना समृति’ ग्रन्थको सार्वजनिक एवम् परिचर्चा कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि आफू तयार रहेको बताए। उनले वैचारिक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने भन्दै अध्यक्ष दाहालले त्यसका लागि आग्रह गरे।

उनले आफूले कहिल्यै पनि गलत नियत नराखेको बरु, राम्रो काम गर्न खोज्दा खोज्दै पनि कमजोरी भएको भन्दै सच्याउनका लागि तयार रहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नुवाकोटबाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङलगायतको सहभागिता थियो। रासस
 

प्रकाशित: Mar 11, 2021| 14:15 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।