सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युरोपा लिगमा टोटेनहमको जित, बराबरीमा रोकियो युनाइटेड

युरोपा लिगमा टोटेनहमको जित, बराबरीमा रोकियो युनाइटेड

ह्यारी केनको दुई गोल सहयोगमा टोटेनहम हट्स्परले युरोपा लिगको पहिलो लेगमा डायनामो जेरेभविरुद्ध जित निकालेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काडमाडौं – ह्यारी केनको दुई गोल सहयोगमा टोटेनहम हट्स्परले युरोपा लिगको पहिलो लेगमा डायनामो जेरेभविरुद्ध जित निकालेको छ।

टोटेनहम हट्पर रंगशालामा सम्पन्न खेलको २५ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनाएका थिए। 

उनको पहिलो गोलसँगै पहिलो हाफमा अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदा पनि केनले नै गोल गरे।

उनले ७० औं मिनेटमा गोल गरेपछि अन्य गोल सम्भव हुन सकेन। र, टोटेनहमले घरेलु मैदानमा २–० गोलको जित निकाल्यो।

अन्तिम १६ अन्तर्गत पहिलो लेगको जितसँगै टोटेनहम अन्तिम आठको नजिक पुगेको छ। अब दोस्रो लेगको खेल मार्च १८ मा डायनामोको मैदानमा हुनेछ।

बिहीबार राति सम्पन्न अर्को खेलमा अर्को प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमै भएको अन्तिम १६ को खेलमा उसले पाहुना टिम एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो।

बराबरीका लागि युनाइटेडका अमद डियालोले दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै अग्रता बनाए तर इन्ज्युरी समयमा सिमन कजयरले गोल फर्काएपछि खेल बराबरीमा रोकिएको थियो।

अब निर्णायक दोस्रो खेल मार्च १९ मा मिलानको मैदानमा हुनेछ।
 

प्रकाशित: Mar 12, 2021| 02:15 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।