सोमबार, भदौ १५, २०८३

न्यून ज्यालादारीमा काम गर्न बाध्य महिला कामदार

सहरबजारमा समान काम र समान ज्यालाका ठूलठूला चर्चा र आन्दोलन हुने गरेको भए पनि ग्रामिण क्षेत्रमा भने महिला वर्षौँदेखि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

पर्सा- सहरबजारमा समान काम र समान ज्यालाका ठूलठूला चर्चा र आन्दोलन हुने गरेको भए पनि ग्रामिण क्षेत्रमा भने महिला वर्षौँदेखि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।

कामको आधारमा समान ज्याला हुनुपर्ने र ज्यालामा लिंगभेद गर्न नपाइने सर्वव्यापी मान्यताविपरित महिलाहरुले श्रमको उचित सम्मान पाउन सकेका छैनन्।

ग्रामिण क्षेत्रका साना तथा मझौला उद्योगमा काम गर्ने महिला त यसबाट झनै बढी पीडित छन्।
प्रदेश नम्बर २ का ८ वटै जिल्ला सदरमुकाममा सञ्चालित साना तथा मझैला उद्योगहरुले महिला कामदारलाई सरकारले निर्धारण गरेको तलब दिएका छैनन्।

सरकारले निर्धारण गरेको न्यूनतम मासिक तलब १३ हजार ४५० रुपैयाँ छ। त्यस्तै दैनिक ज्यालादारीमा काम गर्नेको ज्याला ५०० रुपैयाँ निर्धारण गरिएको छ। तर यहाँ सञ्चालित अधिकांश उद्योगहरुले ५ देखि १० हजारसम्म मात्रै दिने गरेको पाइएको छ। भने कतिपय उद्योगले दिनको ३०० रुपैयाँ मात्रै दिने गरेका छन्।

पर्साको पर्सागढी नगरपालिकाको एक निजी उधोगमा कार्यरत महिला कामदार दुर्गा देवीका अनुसार उद्योगमा कार्यरत पुरुषहरुको तुलनामा महिलालाई निकै कम पैसा दिने गरिएको छ। बिहान ९ बजे काममा आएर रातिको ७ बजेसम्म काम गर्दा ८ हजार रुपैयाँ तलब पाइने गरेको उनको गुनासो छ। पुरुषहरु साहुलाई भन्न सक्ने भएकाले ‘ओभरटाइम’को पैसासमेत दिने गरेको छ। 

दुर्गा देवी मात्र नभई जिल्लाका निजि विद्यालयमा समेत काम गर्ने महिला शिक्षकहरुसमेत श्रम शोषणमा पर्ने गरेका छन्। पारिवारिक अवस्था कमजोर रहेका महिलाहरु जे जति पाएपनि काम गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले बाध्य भएर थोरै ज्यालामा समेत काम गर्ने गरेका छन्। 

सम्बन्धित निकायको नियमन तथा अनुगमन नगरेकाले वीरगंज महानगरमा पर्ने साना, मझैला तथा ठूला उधोगमा समेत कार्यरत महिलाहरु श्रम शोषणमा पर्ने गरेको देखिन्छ। 

यता श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख जितेन्द्र प्रसाद शर्माले भने हालसम्म कार्यलयमा श्रम शोषणबारे कुनै निवेदन वा उजुरी नपरेको दाबी गर्छन्।

वीरगंज पथलैया औधोगिक करिडोरमा ४ हजार हाराहारीमा साना तथा मझौला उधोगहरु रहेका छन् जसमा हजारौँ महिलाहरु नेपाल सरकारले निर्धारण गरेको दहारी तथा तलब भन्दा कम रकममै काम गर्न बाध्य रहेको देखिन्छ।

प्रकाशित: Mar 12, 2021| 09:50 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।