सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल समूहले देउवालाई भन्यो– आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्  

पौडेल समूहले देउवालाई भन्यो– आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने भएको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने भएको छ। 

पदाधिकारी बैठकअघि महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले देउवालाई कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्न आग्रह गरेको हो। 

‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्नुपर्छ भन्ने भेलाको निष्कर्ष रह्यो। आफ्नो नेतृत्वमा सरकार गठनका लागि सभापतिलाई आग्रह गर्ने र त्यो पहलमा हामीले सहयोग गर्ने निर्णय भएको छ,’ पौडेल पक्षको छलफलमा सहभागी एक नेताले भने।

देउवाले सरकार गठनका सन्दर्भमा छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुअघि पदाधिकारी बैठक डाकेका छन्।

आज पदाधिकारी बैठक बसेपछि कांग्रेसले जसपासँग छलफल गर्दैछ। 
 

प्रकाशित: Mar 12, 2021| 09:22 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।