सोमबार, भदौ १५, २०८३

कोरोनाको खोपले रगतमा कुनै असर गर्दैन : ईएमए

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले तयार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन संघको नियामक निकायले दाबी गरेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले तयार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन संघको नियामक निकायले दाबी गरेको छ।

यो खोप लगाएका केही व्यक्तिहरुको रगतमा धब्बाहरु देखा परेको समाचार सार्वजनिक भएपछि नियामकको यस्तो प्रष्टीकरण आएको हो। 
यसअघि खोप लगाएका मानिसको शरीरमा रगतको सानो समूहमा केही असर देखा परेको भनिएको थियो।

डेनमार्ग, नर्वेलगायत केही देशमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो। त्यसैगरी इटालीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको ज्यान गएको थियो। तर पछि ती व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको थियो।

एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारण नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले सुझाव दिएको छ।

प्रकाशित: Mar 12, 2021| 01:11 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।