सोमबार, भदौ १५, २०८३

वर्णशङ्कर मकैको बीउ उत्पादनसम्बन्धी तालीम

किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

भरतपुर- किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो। सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए। 

वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगलगायत विषयमा विज्ञले तालीम दिएका थिए। मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालीमपछि कृषक वर्णशङ्कर मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालीम संयोजक वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताए।

व्यावसायिक फड्को मार्न वर्णशङ्कर उत्पादनमा जानु पर्नेमा उनको जोड छ। “हामी अझै पनि स्थानीय जातका मकै उत्पादन गरिरहेका छौँ,” उनले भने, “जुन व्यावसायिक कृषिका लागि लाभदायक छैन।” मकै उत्पादन बढाउनका लागि वर्णशङ्कर मकैको बीउ उत्पादन आफैँले गर्न सक्नुपर्ने उनको भनाइ छ। हाल नेपालमा बर्सेनि दुई हजार मेट्रिक टन वर्णशङ्कर मकैको बिउ आयात हुन्छ। 

नेपालमा उत्पादन भइरहेको मकैले कूल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ। कखुरापालक कृषकका लागि मात्रै वार्षिक पाँच लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तथ्याङ्कले देखाएको छ। बीउ खरीदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषक महङ्गीको मारबाट बच्न सक्ने विज्ञहरु बताउँछन्। 

प्रकाशित: Mar 12, 2021| 05:16 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।