सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी हिरासतमा रहेका खुवालुङ क्षेत्र संरक्षणका अभियन्तालाई बिना सर्त छाड्न माग

प्रहरी हिरासतमा रहेका खुवालुङ क्षेत्र संरक्षणका अभियन्तालाई बिना सर्त छाड्न माग

प्रहरी हिरासतमा रहेका खुवालुङ क्षेत्र संरक्षण समिति सदस्य दिनेश काम्दुङ राई र अभियन्ता साजन राईलाई बिना शर्त छाड्न माग गरिएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं - प्रहरी हिरासतमा रहेका खुवालुङ क्षेत्र संरक्षण समिति सदस्य दिनेश काम्दुङ राई र अभियन्ता साजन राईलाई बिना सर्त छाड्न माग गरिएको छ।

खुवालुङ क्षेत्र संरक्षण समितिले विज्ञप्ति जारी गर्दै राईद्वयलाई २४ घण्टाभित्र रिहा गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम दिएको हो।

फागुन २४ गते खुवालुङ बचाऊ अभियानका अभियन्ताहरूलाई स्टीमर बोटबाट खुवालुङ (त्रिवेणी घाट) लैजाने विषयमा सप्तकोशीका बोट सञ्चालकहरूसँग भएको सामान्य विवादको निहुँमा बिहीबार उनीहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा छलफलको लागि बोलाइ प्रहरीले हिरासतमा लिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘उक्त विषयलाई सहज समाधान गर्नको सट्टा विषयान्तर गरी सुनुयोजित एवम् षड्यन्त्रमूलक ढंगबाट अभियानकर्मीहरूलाई राज्य प्रशासनले विभेद्पूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन।’

प्रहरीले राईद्वयमाथि मुद्दा चलाउने तयारी गरेको भन्दै विज्ञप्तिमा तत्काल हिरासतमुक्त नगरे खुवालुङ संरक्षणमा क्रियाशील संघसंस्थाहरूले निर्णायक आन्दोलन थाल्ने चेतावनी दिइएको छ।

खुवालुङ दूधकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको ढुंगा हो, जुन डुंगालाई किराँती समुदायको मुन्धुमी मिथ, शक्ति र आस्थाको प्रतीक मानिन्छ। 

गत फागुन ८ गते विराटनगरमा आफ्नो समूहको भेलामा भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्टिमर बोट सञ्चालनमा बाधा पुर्‍याएको भन्दै खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्ति किराती समुदायको आस्थामाथिको प्रहार भएको ठहर गर्दै खुवालुङ संरक्षणको लागि विभिन्न संघसंस्थाहरुले अभियान सञ्चालन गरिरहेका छन्।

प्रकाशित: Mar 12, 2021| 02:00 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।