सोमबार, भदौ १५, २०८३

परिवर्तन उल्ट्याउन अस्वभाविक परिघटना : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन उल्ट्याउन मुलुकमा अनौठो परिघटना देखा परेको बताएका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन उल्ट्याउन मुलुकमा अनौठो परिघटना देखा परेको बताएका छन्।

उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिएकोतर्फ संकेत गर्दै हुनै नसक्ने परिघटना देखा परेको बताए।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल आजदेखि बुटवलमा सुरु भएको प्रथम महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बताए। 

‘अनौठो र अस्वभाविक परिघट्ना तपाई हामीले देख्नुपरेको छ’ उनले भने, ‘यसले कुनै अनिष्टको संकेत गरेको छ।’ उनले अझै अरु धेरै परिघटना हुन सक्ने सम्भावना रहेको भन्दै सजक रहन अपील गरे।

संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे मुलुकमा ठूलो बहस सुरु भएको उनले बताए। उनले विभिन्न आन्दोलनबाट आर्जित उपलब्धीहरु संकटमा परेको दाबी गरे। 

दलित, महिला, उत्पीडनमा परेका र सीमान्तकृत समूदायहरुले संविधानमार्फत् पाएको अधिकारलाई अझै परिमार्जन गर्ने कि त्यसालाई हत्या गर्ने भन्ने बहस चलेको समेत उनले बताए।’ 

उनले भने संविधानको रक्षाका लागि जरुरी आन्दोलन स्थिति पनि आउन सक्ने बताए। 

दाहालले आफूले यसअघि क्रान्ति गर्ने भनेर दिएको अभिव्यक्तिको तात्पर्य विद्रोह वा हिंसामा जाने भन्ने नभएको समेत जिकिर गरे। ‘हामी अब विद्रोह वा हिंसामा जाने कुरा गरेको होइन। हामीले स्थापित गरेका मान्यता, प्रणालीलाई कुनै प्रतिगामी तथा प्रतिक्रियावादी तत्वले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति भनेका हौं।’ 

शान्तिप्रक्रियाका हस्ताक्षरकर्तामध्येका गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले ‘अर्को हस्ताक्षर कर्ता रहेको मलाई परिवर्तन उल्ट्याउनका लागि घेराबन्दी गरिएको’ बताए। 

गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उनले बताए।

प्रकाशित: Mar 12, 2021| 08:28 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।