नेकपा एमालेका सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज नभएको भन्दै निर्माणाधीन गेटा मेडिकल कलेजलाई तत्काल राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाएर सञ्चालन गर्न माग गरेका छन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक सुरु भएको छ। शुक्रबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो।
'यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,' उनले भने।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो भन्दै प्रश्न गरेकी छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताएका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा एसएसबीले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मानसिक र शारीरिक रुपमा ठिक नभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन्।
रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा आज शुत्रबार सुनुवाइका लागि पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ।
साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक...
'हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौँ। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौँ। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नै नभएपछि...
बैठकमा बोल्दै हृदयराम थानीले आफ्नो जिल्लाको समस्या समाधान गर्ने पहल गर्न आग्रह गरेका थिए। 'रामचन्द्र दाइ! हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्यो,' थानीले पौडेललाई आग्रह गर्दै भनेका थिए।
पोखरेल नेतृत्वको सरकारमा बसुन्जेल पोखरेल र केसीबीच मनमुटाव नभएको उनीनिकटका नेताहरू बताउँछन्। यी दुवै नेता प्रदेशका मिडियासँग समेत निकै कम बोल्ने नेतामा पर्छन्।