शुक्रबार, भदौ ५, २०८३

अनेक जालझेललाई पछारेर संविधान आएको हो : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सात दशक लामो संघर्षबाट नेपालको संविधान प्राप्त भएको भन्दै जनताको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयनको चरणमा लैजानु महत्वपूर्ण कुरा भएको बताएका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८


काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सात दशक लामो संघर्षबाट नेपालको संविधान प्राप्त भएको भन्दै जनताको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयनको चरणमा लैजानु महत्वपूर्ण कुरा भएको बताएका छन्।

‘संविधान जारी भएपछि देशलाई अग्रगमनमा लैजाने भूमिकाले हामीले यसको सम्मान गरेका छौं,’ संविधान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने। उनले संविधान ल्याउनुभन्दा पहिले देशबाहिर र भित्र रहेका जनता तथा बौद्धिक क्ष‍ेत्रमा बहस गरेर ल्याइएको बताए। विश्वका सबै संविधानको तुलनात्मक अध्ययन गरेर आफूहरूले देखेका सपना समाहित भएकाले नेपालको संविधान उत्कृष्ट रहेको उनले दाबी गरे।

संविधानमा आफ्नो र आफ्नो समुदायको हक अधिकारलाई समावेश गर्नका लागि विभेद हुनु स्वभाविकै भएको उनको भनाइ छ। विभिन्न जालझेललाई पछारेर मुलुकले संविधान प्राप्त गरेको उनले बताए। जनतामा रहेको सार्वभौमसत्ता र जनताबाट राज्य शक्ति निःसृत हुने र जनता नै राज्यका शक्ति हुने कुरालाई संविधानमा सुनिश्चित गरिएको उनको भनाइ छ। 

‘जनता सर्वोपरी हुन्। जनताले सर्वोपरिता संविधानमार्फत व्यवस्थित गरेका हुन्छन्। संविधान बनेपछि जनताले व्यक्तिगत रूपमा भन्दैनन्। आफ्नो इच्छाको अभिव्यक्ति संविधानमा समाविष्ट हुन्छ। जनताका प्रतिनिधिबाट संविधान लेखिन्छन् र नेपालमा भएको त्यही हो। आज संविधानको सर्वोच्चता कायम भएको दिन हो,’ उनले भने।

यस दिनसम्म संविधानलाई ल्याइपुर्‍याउन थुप्रै वीर योद्धाले सहादत प्राप्त गरेको ओलीले बताए। ‘आन्दोलन गर्नका लागि विचार चाहिन्छ। आन्दोलनलाई विचारमा प्रस्तुत गरेर राज्यको हित कसरी हुन्छ, जनताको हित कसरी हुन्छ भनेर जसरी अगाडि सारियो, ती विचारहरूलाई संगठित रूप दिएर अगाडि बढाइयो,’ उनले भने।

उनले प्रतिवन्धित अवस्थामा दलहरू खुलेर आन्दोलनलाई सांगठनिक रुपमा अगाडि बढाइएको ओलीले बताए। ‘हाम्रो संविधान जारी हुनुको अर्थ एउटा युगको अन्त्य र अर्को युगको सुरुवात पनि हो। यो भनेको सामन्ति युगको अन्त्य भन्ने हो,’ उनले भने।

उनले वर्तमान संविधानले थिचोमिचो, भेदभावको युगको अन्त्य गरिदिएको बताएका छन्। उनले वर्तमान संविधानलाई नयाँ युगको र नयाँ बिहानीको प्रारम्भको उद्घोष भएको बताए।

प्रकाशित: Sep 19, 2021| 13:12 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...