शुक्रबार, भदौ ५, २०८३

म एमसीसी विरोधी होइन, एमसीसीका कारण गठबन्धन फुट्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरोधी नभएको बताएका छन्।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

धनुषा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरोधी नभएको बताएका छन्। उनले एमसीसीभन्दा महत्त्वपूर्ण पाँच दलीय गठबन्धन रहेको बताएका छन्।

शनिबार जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरूका लागि एमसीसीभन्दा गठबन्धन नै महत्त्वपूर्ण रहेको बताएका हुन्। उनले भने, 'लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो। एमसीसीका कारण गठबन्धन फुट्दैन।'

उनले आफूहरू एमसीसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससीसी पास गर्नुपर्नेमा जोड दिए। अघिल्लो सरकारका अर्थमन्त्रीले एमसीसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो। उनले एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै  यसको लागि हतार गर्न नहुने बताए।

प्रचण्डले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन्। असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने उनले बताए।सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको उनको भनाइ छ।

प्रकाशित: Sep 18, 2021| 21:15 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...