शुक्रबार, भदौ ५, २०८३

अबको सात महिनामा एमाले भत्किन्छ : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सात महिनापछि एमाले भत्किने दाबी गरेकी छन् ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

जनकपुरधाम- नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सात महिनापछि एमाले भत्किने दाबी गरेकी छन् । माजवादी प्रेस संगठनले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाँक्रीले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले भत्किएर जाने दाबी गरिन्।

 उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेकोले ओलीकै कार्यकर्ताहरु उनको साथ छोड्ने बताइन्। उनले भनिन्, ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन्, ओली सच्चिने कुनै सम्भावना छैन्।  त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्‍नुभन्दा समयमै त्यहाँबाट छोडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ।’

 संगठन निर्माणको क्रममा विद्रोहको प्रक्रियालाई संगठित गर्ने अभियान चलेको बताउँदै उनले सयौं नेताहरू एकीकृत समाजवादी पार्टीमा आउन चाहिरहेको जिकिर समेत गरिन्। 

नेकपा एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भइ पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको नेतृ झाँक्रीले बताइन्। 

दुई तिहाइ बहुमतको तत्कालीन सरकारलाई सोही ढंगले सञ्चालन गर्न नसकेर त्यसको बदलामा मध्यावधि निर्वाचनको माग गर्दै दुई-दुई पटक संसद् विघटन गर्नेजस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम गरिएको आरोप लगाउँदै नेतृ झाँक्रीले आफूहरुले गरेको विद्रोह संविधानको रक्षाको लागि र लोकतन्त्रलाई प्रबर्द्धन गर्दै संसद्लाई पूर्ण कार्यकाल सञ्‍चालन गर्नका लागि भएको बताइन्। 

उनले युवा पुस्तामा एकीकृत समाजवादी पार्टीको बढ्दो आकर्षण रहेको र समाजवादतर्फको यात्रामा आफूहरु अगाडि बढ्छौं भन्ने संकल्पलाई धेरै साथ र सहयोग भेटिरहेको दाबी समेत गरिन्।

 उनले ओलीलाई प्रश्‍न गरिन्, 'यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन् भने उनले हाम्रो बाटो किन छेकी राख्नुभएको छ ?'


प्रकाशित: Sep 18, 2021| 19:33 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...