शुक्रबार, भदौ ५, २०८३

शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने

नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन्। वडा अधिवेशन शुरु भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

विराटनगर– नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन्। वडा अधिवेशन शुरु भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए। 

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको कुराकानीमा नेता कोइरालाले भने,‘ साथीभाइसँगको सल्लाहमा गरेर मात्र केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्छु।’

नेता कोइरालाले नेपाली कांग्रेसको ७५ वर्षको इतिहासमा प्रहरी, प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गरे। ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ,’ उनले भने।

दलहरुवीच राष्ट्रिय सहमती कायम गरी एमसीसी पास गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘ विकासको योजनालाई सहमती कायम गरि पास गर्नु पर्छ ।’ प्रदेश १ सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने उनले बताए । उनले भने,‘ प्रदेश १ वा वागमतिमा हाम्रो नेतृत्व हुनुपर्छ ।’ 

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्ने उनले बताए । निर्वाचन सम्म सँगै गएपनि  चुनावी तालमेलमा जानु नहुनेमा उनको जोड छ ।

प्रकाशित: Sep 18, 2021| 17:52 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...