शुक्रबार, भदौ ५, २०८३

संविधान हामी सबैको बनिरहोस् : प्रदेश प्रमुख अधिकारी

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सबैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सबैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन्। उनले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने कामना समेत गरे। 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ध्येय संविधान रहेको प्रदेश प्रमुख अधिकारीले आइतबार जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ। 

लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनतालाई सुशासनको अनुभूति दिलाउँदै असल र जनउपयोगी संस्कार दिन सकौँ भन्ने भावनाका साथ समृद्ध राष्ट्र निर्माणमा जुटि रहने नेपालीहरूमा प्रदेश प्रमुख अधिकारीले शुभकामना दिएका छन्।

प्रकाशित: Sep 19, 2021| 07:13 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...