शुक्रबार, भदौ ५, २०८३

एमाले विभाजन कहिले पनि फापेको छैन : पोखरेल

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको तर्क गरे ।

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए । ‘अहिले देखा परेको नकारात्मक धारमा कोको नेता गए, त्यो छोडिदिनुस् । विभाजनको त्यो धार समाप्त हुनेछ । त्यसको भविष्य छैन । विभाजित भएर जानेहरु, चोइटिएर जानेहरु रहने छैनन्,’ उनले भने।

सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धिकरण आवश्यक रहेको बताए ।

प्रकाशित: Sep 18, 2021| 17:32 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...