शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाको बचाउ गर्दै माओवादी र कांग्रेस नेताले भने - ओलीका कारण राजनीति अस्थिर बन्यो

देउवाको बचाउ गर्दै माओवादी र कांग्रेस नेताले भने - ओलीका कारण राजनीति अस्थिर बन्यो

'प्रधानमन्त्री देउवाले ६६ दिनमा गर्नेजति काम गर्नुभयो, किनभने यो ६६ दिनमा कति काम गर्छन्? एमसीसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हितमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन,' उनले थपे।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- नेकपा माओवादीका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संसद चल्यो भने नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद चल्न नदिएको आरोप लगाएका छन्। 

रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अबको केही दिनमै होलिडे खुलेर बजेट पारित हुने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको बताए। उनले प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर राम्रो काम गरेको बताए। 

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ६६ दिनमा कोभिड-१९ को उपचारमा तीव्रता दिएको समेत बताए। उनले गठबन्धनको सरकार भएकोले एमसीसी नेपालको हित हुनेगरी एमसीसी पारित हुने बताए। उनले एमसीसी संसद्‌मा आउन आवश्यक नरहेको पनि स्पष्ट पारे। 

नेता बिडारीले भने, 'संसद चल्यो भने ओलीजीको राजनीति सिद्धियो, त्यसैले चल्न नदिन विभिन्‍न चलखेल भइरहेको छ, के गर्दा चल्दैन, के गर्दा गडबड भइरहन्छ। उहाँले त्यही गर्नुहुन्छ, संसारमा यो कहाँको चलन हो, मर्यादापालकको टाउकोमा चढेर, टोकेर, सभामुखको टाउकोमा हान्‍ने हाम्रो षड्यन्त्र थियो, सांसद नेकपा एमाले ? कस्तो हो ? अर्को कुरा अध्यादेश ल्यायो होलिडे भयो, होलिडे भएर के भएको छ, क्यामेरा बन्द भएको छ ? बजेट होलिडे भएर कसैको केही काम रोकिएका छन् ? अब केही दिनमा होलिड खुल्छ,बजेट पारित हुन्छ, सबै काम भइरहेका छन्।

'प्रधानमन्त्री देउवाले ६६ दिनमा गर्नेजति काम गर्नुभयो, किनभने यो ६६ दिनमा कति काम गर्छन्? एमसीसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हितमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन,' उनले थपे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताए। उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्‍ने र संसद विघटन गर्ने जस्ता देश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए। 

उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्नु नहुने भन्दै गठबन्धनमा आवद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे।

नेता प्रधानले भने, ‘उत्तारचढाव हुन्छ, असफल पनि हुन्छ, तर दुई महिनामा शेरबहादुर देउवाजीको सरकारलाई असफल भनेर मूल्यांकन गर्न मिल्दैन, हामी सरकारमा जाने पक्षमै थिएनौँ, यो रोगको सबै केन्द्रबिन्दु, उद्गमस्थल, आदरणीय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै हो, उहाँकै कारण यो राजनीतिक अस्थिरता आएको हो।’

नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गर्दै अहिलेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए। उनले सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड १९ को उपचारमा सरकार केन्द्रित रहेको बताए।

प्रकाशित: Sep 18, 2021| 18:51 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...