नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताएका छन् ।
एक हप्तापछि कोइराला कलकत्ता आइपुगेको खबर आइपुग्यो। “बाहिर जस्तो देखाए पनि मनमनै खुशी लागेको थियो कि कोइरालाजीसित भेट हुने नै भयो”, पछि गणेशमान माथवर सिंहलाई बताउँछन्।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। असोज ७ गते भित्रमा विश्वासको मत नलिए असोज ८ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने...
विगतमा एमालेभित्र बनेका समानान्तर कमिटी समाजवादीमा रुपान्तरित भइरहेको भन्दै उनले आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले उल्लेख गरेका थिए।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।