शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ५ दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई बारको अल्टिमेटम!

५ दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई बारको अल्टिमेटम!

शुक्रबार बसेको कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रधानन्यायाधीश जबरालाई ५ दिन भित्र राजीनामा दिन अल्टिमेटम दिएको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ।

शुक्रबार बसेको कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रधानन्यायाधीश जबरालाई ५ दिन भित्र राजीनामा दिन अल्टिमेटम दिएको हो।

आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ।

अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एसोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ।

प्रकाशित: Oct 29, 2021| 18:02 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...