शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • न्यायालयको विषयमा गठबन्धनको साझा धारणा चाँडै सार्वजनिक हुन्छ : दाहाल

न्यायालयको विषयमा गठबन्धनको साझा धारणा चाँडै सार्वजनिक हुन्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले न्यायालयमा देखिएको समस्याको विषयमा गठबन्धनबाटै साझा धारणा बनाएर सार्वजनिक गर्ने बताएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

जनकपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले न्यायालयमा देखिएको समस्याको विषयमा गठबन्धनबाटै साझा धारणा बनाएर सार्वजनिक गर्ने बताएका छन्। 

जनकपुरधाम विमानस्थलमा शनिबार संचारकर्मीहरुसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री दाहालले पछिल्लो समय न्यायालयमा समस्या देखिएको छ, यो समस्या समाधानका लागि गठबन्धनको बैठक गरेर नै साझा धारणा तयार पारेर सार्वजनिक गर्ने बताए।

उनले भने ‘गठबन्धनको बैठकमा अहिलेसम्म यस विषयमा छलफल भएको छैन, नेताहरु बाहिर बाहिर छन्, काठमाडौंमा नेताहरु उपस्थित भएपछि एक दुई दिनभित्रै छलफल गरेर न्यायालयको विषयमा साझा धारणा सार्वजनिक गर्नेछौँ।’ व्यक्तिगत धारणाभन्दा पनि साझा धारणा नै सार्वजनिक गर्ने प्रकृया अगाडी बढि सकेको उनको भनाई थियो।

उनले सरकार विस्तारसंगै कामहरु पनि गति लिन थालेको बताए। गठबन्धनमा समेत विवाद रहेको कुरालाई अस्वीकार गर्दै दाहालले गठबन्धन स्वस्थ ढंगले अगाडी बढिरहेको दावी गरे। 

पूर्व प्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा गठबन्धनमा संगै मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति समेत भई सकेको जानकारी दिए। उनले राष्ट्रियसभाको निर्वाचनमा समेत गठबन्धमै उम्मेदवार चयन गर्ने हाम्रो योजना छ, यसका लागि उम्मेदवार छनौट गर्ने प्रकृया पनि अगाडी बढाइने बताए।  

उनले मध्यावधि निर्वाचनको हल्ला निराधार रहेको समेत बताए। यो सरकार पूर्ण समय चल्ने उनको दावी थियो। संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशले पनि मध्यावधि निर्वाचनको सम्भावनालाई निरस्त गरेको उनको भनाई थियो।

प्रकाशित: Oct 30, 2021| 12:24 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...