शुक्रबार, भदौ ५, २०८३

सञ्चारमन्त्री कार्कीले भने- अघिल्लो सरकारले तीन वर्ष गफमा बितायो

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताएका हुन्।

ओली सरकारले साँढे तीन वर्ष गफमा बिताएको उल्लेख गरेका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रित रहेको उल्लेख गरे। शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको दाबी गरेका हुन्।

यसैबिच मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन्। मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरसः पालना गर्न निर्देशन दिए।

'प्रदेश सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको छ। त्यसो गरिए पार्टी हित विपरीत ठहरिन्छ,' उनले भने। प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने जानकारी दिए। 

कार्कीले नेपाली काँग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले केही दिन भित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने उनको भनाइ छ।

प्रकाशित: Oct 30, 2021| 18:55 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...