शुक्रबार, भदौ ५, २०८३

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

जाजरकोट- आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ। छ वटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ। ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ।

आगामी आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ।  त्यसैगरी मुड्केचुला, जगदुल्ला, शे-फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए।

सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उनको भनाइ छ।  डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताए।

अधिवेशका क्रममा माओवादीको पकट क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको बुढाले बताए। विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताएको छ।   -न्युज कारखाना 

प्रकाशित: Oct 30, 2021| 14:06 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...