शुक्रबार, भदौ ५, २०८३

महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन

नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ। एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए। 

महाधिवेशनका लागि  विभिन्न समितिका संयोजकहरू यसप्रकार छन्

प्रतिनिधि व्यवस्थापन: संगठन विभाग

जनपरिचालन: सुरेन्द्र पाण्डे

प्रचारप्रसार: योगेश भट्टराई

सांस्कृतिक: रघुजी पन्त/देवी ज्ञवाली

आर्थिकः विष्णु रिमाल

स्वास्थ्य: भानुभक्त ढकाल

मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ

अतिथि सत्कार: राजन भट्टराई

आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल

स्वयंसेवक परिचालन: विनोद श्रेष्ठ

यातायात व्यवस्थापन: काशीनाथ अधिकारी

खाद्य व्यवस्थापन: कपिल पोखरेल/पार्वती रावल

प्रकाशित: Oct 30, 2021| 06:23 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...