आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वप्रधानन्यायाधीशप्रति किन आक्रोशित छन् प्रधानन्यायाधीश राणा?

पूर्वप्रधानन्यायाधीशप्रति किन आक्रोशित छन् प्रधानन्यायाधीश राणा?

पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

शुक्रबार, कात्तिक १२, २०७८

vianetvianet

काठमाडौं- बिहीबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिदैँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिनुको कारण मात्रै बताएनन्, पूर्वप्रधानन्यायाधीशहरूप्रति आक्रोशसमेत पोखे। मुख्यतः उनको आक्रोश दुई जना पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीमाथि थियो। 

triton college

अदालतमा भष्टाचार मौलाएको छ, गरिबले न्याय पाउँदैनन् भन्नेजस्ता गम्भीर आरोप पूर्वप्रधानन्यायाधीशहरूले लगाएका छन् नि भन्ने प्रश्नमा प्रधानन्यायाधीश जबराले भनेका छन्, 'न्यायालयमा भ्रष्टाचार छ। गरिबले न्याय पाउँदैनन् भन्ने कुरा उहाँहरुले पदबाट बाहिरिएपछि बल्ल थाहा पाउनु भयो? उहाँहरुको विचारमा यस्तो स्खलन आउँछ भन्ने कुरा मैले अनुमान गरेको थिइनँ।' 

उनको यो टिप्पणीको लक्ष्यार्थ थियो- यदि सर्वोच्च अदालतमा भ्रष्टाचार छ भने त्यो अहिले मात्र भएको होइन, पहिले पनि थियो। उहाँहरू प्रधानन्यायाधीश हुँदा पनि थियो। उहाँहरू नेतृत्वमा हुँदा किन त्यसको अन्त्य नगरेको? अहिले गरिबले न्याय नपाएको भन्ने हो भने पहिले कहिले-कहिले क-कसले न्याय पाए देखाइदिउन्।'

पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझीले विज्ञप्ति निकालेर जबराको पालमा न्यायालयमा भ्रष्टाचार मौलाएको, गरिबले न्याय नपाएको, न्यायालयको स्वच्छता, स्वतन्त्रता र जनआस्था ध्वस्त हुने खतरा बढेको आरोप लगाएका थिए। जबराले मार्ग प्रशस्त नगरे न्यायालय 'ड्यामेज' हुने भन्दै तत्काल राजीनामा दिन सुझाएका छन्। तर, उनीहरुको यो आरोप मिथ्या भएको प्रधानन्यायाधीश जबराको टिप्पणी छ। अरुलाई दोष थोपरेर पानी माथिको ओबाने बन्ने प्रत्यन्त मात्रै भएको उनको दाबी छ। उनले आफू एक्लिएको स्वीकार गर्दै पहिलेका पूर्वप्रधानन्यायाधीहरुले गरेका गल्ती र कमजोरी सच्याउन खोज्दा आफू एक्लिने अवस्था आएको टिप्पणी गरेका छन्। 

‘हिजोका प्रधानन्यायाधीशलाई त झनै धेरै आरोप लागेका थिए। बालुवाटार (प्रधानन्यायाधीशको सरकारी निवास)लाई, सर्वोच्च अदालतलाई मछलीबजार बनायो भन्ने आरोप लागेको थियो। सबै न्यायाधीशलाई दबाब र प्रभावमा राख्यो भन्ने आरोप थियो। कोही पनि स्वाभिमानी भएन, स्वतन्त्र भएन भन्ने आरोप थियो। सबै चिया र रक्सी खाएर यी क्रिया भए भन्ने आरोप थियो। आज हामीले इतिहास बिर्सनु हुँदैन। उहाँहरुले गरेका गल्ती र कमजोरीहरु मैले सुधारेको छु।’ 

National life insurance
पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ। 

पूर्वप्रधानन्यायाधीशले जे गरे त्यही नगर्दा, उनीहरुको स्वार्थ अनुसार जे भने त्यो नमान्दा, सुधारको काम गर्दा आफूविरुद्ध उनीहरू खनिएको प्रधानन्यायाधीश जबराको दाबी छ। उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका विषयमा टिप्पणी गर्दै भने, ‘उहाँ अगस्त्य ऋषि जस्तो व्यक्ति हो, सारा देउता एकातिर राख्दा पनि ती ऋषि बराबरको हाइट बन्न सक्दैन, त्यस्तै हुन् कल्याण श्रेष्ठ। तर, त्यत्रो ज्ञान र क्षमता हुँदा हुँदै पनि उहाँ विवेक नभएको मान्छे हो।’ 

सम्भवत कल्याण श्रेष्ठका विषयमा यति कटु टिप्पणी गर्ने न्यायालय क्षेत्रका पहिलो व्यक्ति हुन् राणा। उनको भनाइमा श्रेष्ठ विवेकले काम गर्ने मान्छे होइनन्। ‘इतिहासकै कलंकित प्रधानन्यायाधीश भनिएको थियो, नेपाल बारले खेद प्रस्ताव पारित गरेको थियो। अब भन्नुहोस् उहाँहरु चाहिँ चोखो हुनुहुँदो रहेछ?’ उनले भनेका छन्। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भने जबराले उनी आफ्नो आँखाले नहेर्ने र आफ्नो कानबाट नसुन्ने व्यक्तिको संज्ञा दिए। विराटनगरमा उनी न्यायाधीश हुँदा कार्की पुनरावेदन बारको अध्यक्ष थिइन्। राणाको भनाइमा दुईबीच घनिष्ठ मित्रता थियो। अझै दिदीभाइजस्तो। तर, सर्वोच्च आएपछि कार्कीले आफ्नो आँखाले नहेर्ने र आफ्नो कानबाट नसुन्न थालेको जबराको टिप्पणी छ। प्रधानन्यायाधीश हुँदा पनि कार्की अरु कसैबाट परिचालित भएजस्तो भान भएको जबराले दाबी गरे। 

प्रधानन्यायधीश कार्कीले हेर्न नमिल्ने लोकमानसिंह कार्कीदेखि नवराज सिलवालसम्मको मुद्दा जबरजस्ती आफ्नै बेन्चमा हेरेकी थिइन्। ‘उहाँले नमिल्ने कयौँ मुद्दा हेर्नुभयो, तर उहाँको बेञ्चले हेरेको मुद्दामा म कहिल्यै बोलिन्। म न्यायाधीश हुँ, मेरो दायित्व र कर्तव्य कानुन बमोजिम छ। कहिले पनि मैले उहाँलाई अनादर र विरोध गरिनँ,’ राणाले भनेका छन्। 

प्रधानन्यायाधीश राणाले घुमाउरो शैलीमा पूर्वप्रधानन्यायाधीशले अहिले अनाआवश्यक रूपमा अदालतमा खेल्न खोजेको टिप्पणी गरेका छन्। आफू पदमा हुँदा केही नगर्ने र अरुले गर्न खोज्दा देखि नसहने प्रवृत्ति देखाएको उनको गुनासो छ। ‘हिजो जो विवादित र कलंकित भएका थिए, उनलै आज मेरो राजीनामा माग्नुको कुनै अर्थ छैन,’ प्रधानन्यायाधीश जबराले भनेका छन्। 

अदालतमा राजनीति गर्दैछन् पूर्वप्रधानन्यायाधीश! 

अवकास पाएका प्रधानन्यायाधीशहरुले अदालतमा खेल्न खोजेको भनी प्रधानन्यायाधीश राणाले गरेको टिप्पणीलाई कानुनविद्हरु स्वीकार गर्छन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘अदालतमा पूर्वप्रधानन्यायाधीहरुले राजनीति गरिरहेका छन्। यसमा सबैभन्दा बढी सक्रिय कल्याण श्रेष्ठ छन्। उनी अहिले पनि आफैले न्यायालय चलाएझैँ गरिरहेका छन्।’ 

न्यायाधीशको आचारसंहिता २०७४ अनुसार एक पटक न्यायाधीश भैसकेको व्यक्ति न्यायाधीशका रुपमा सधैँ रहन्छ। उनीहरूले सार्वजनिक रुपमा वक्तव्य निकाल्ने, भाषण गर्ने जस्ता कार्यकलाप गर्न पाउँदैनन्।

अदालतमा कुनै पनि घटनामा उनीसहित सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझीले 'यसो गर' भनेर आदेशात्मक शैलीमा वक्तव्य जारी गर्ने गरेका उनको ठहर छ। प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन हुँदा होस् वा प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा नै किन नहोस्, उनीहरुले विज्ञप्ति निकालेर आफ्नो फैसला सुनाएका थिए। बहालवाला प्रधानन्यायाधीशसँग पूर्वप्रधानन्यायाधीशहरूले ट्रेड युनियनको जस्तो व्यवहार प्रदर्शन गरेको उनको ठहर छ। त्यो पनि राजनीतिक विषयमा हुने अशोभनीय सौदाबाजीले न्यायालयजस्तो पवित्र उद्देश्य भएको संस्थालाई 'फोहोर' बनाइएको उनको भनाइ छ। 

न्यायाधीशको आचारसंहिता २०७४ अनुसार एक पटक न्यायाधीश भैसकेको व्यक्ति न्यायाधीशका रुपमा सधैँ रहन्छ। उनीहरूले सार्वजनिक रुपमा वक्तव्य निकाल्ने, भाषण गर्ने जस्ता कार्यकलाप गर्न पाउँदैनन्। अवकाशपछि पनि उसलाई उक्त आंचारसंहिता लागिरहन्छ। तर, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतका पूर्वप्रधानन्यायाधीश सडकमा समेत उत्रेर प्रदर्शनमा सहभागी हुने गरेका छन्। 

कानुनद् बाबुराम अर्यालका अनुसार न्यायालय अहिले पनि आफ्नो पकडमा राख्न खोजेका कल्याण श्रेष्ठले बाहालवाला न्यायाधीशमार्फत् राजनीति गर्न खोजिरहेका छन्। उनले आफू अवकाश हुने समयमा नियुक्त गरेका १० न्यायाधीश अहिले पनि सर्वोच्च अदालतमा छन्। उनीहरुमार्फत् श्रेष्ठले अहिले आफ्नो खेल खेलिरहेको अर्यालको आरोप छ। ‘न्यायाधीशहरुले इजलास बहिष्कार गर्नु पछाडिको कारण पूर्वप्रधानन्यायाधीश श्रेष्ठको उक्साहट पनि हो,’ अधिवक्ता अर्यालले आरोप लगाए। 

पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याध्यले अवकाशपछि पनि न्यायालयको पावर सेन्टरका रुपमा आफूलाई विकसित गरेका थिए। उनले जसोजसो इसारा गर्थे, करिब न्यायालय उसै-उसैगरी चल्थ्यो भन्ने टिप्पणी सुनिन्छ। अहिले कल्याण श्रेष्ठले ठिक त्यही अभ्यास गर्न खोजेको र चोलेन्द्रले नमान्दा यसरी उनलाई बद्नाम गर्ने काम भइरहेको कानुनविद् अर्यालको ठहर छ।

'राजनीतिक दलजस्तो एकले अर्काबीच आरोपप्रत्यारोपमा उत्रनु दुखद् हो। यसले न्यायालयलाई गम्भीर संकटमा पारेको छ,' उनले थपे, 'न्यायालयको गरिमामा आँच पुर्‍याउने काम गरेका सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी महसुस नगरे संस्थाहरू अझ विकृत हुँदै जान्छन्।'

'उनीहरूले जसोजसो भन्छन्, उसैउसै राणाले गरेनन्, आफ्नै शैलीमा अघि बढे, न्यायालयमा अरुलाई खेल्न दिएनन्। जसका कारण आफूहरुको प्रभाव कम हुने आकलनसहित श्रेष्ठसहितका पूर्वप्रधानन्यायाधीशहरुको समूह खनिएको देखिन्छ,' अधिवक्ता अर्यालले निष्कर्ष सुनाए।

अर्यालको विचारमा न्यायाधीशरू पनि सत्तापक्षीय दल र प्रतिप्रक्षी दल जस्तो आरोपप्रत्यारोपमा उत्रनु दुखद् हो। 'राजनीतिक दलजस्तो एकले अर्काबीच आरोपप्रत्यारोपमा उत्रनु दुखद् हो। यसले न्यायालयलाई गम्भीर संकटमा पारेको छ,' उनले थपे, 'न्यायालयको गरिमामा आँच पुर्‍याउने काम गरेका सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी महसुस नगरे संस्थाहरू अझ विकृत हुँदै जान्छन्।'

‘मन्त्रिपरिषदमा भाग खोजेको विषयमा अनुसन्धान हुनुपर्छ। यसबाहेक के त्यस्तो काम गरे प्रधानन्यायाधीशले? अधिवक्ता अरुण पौडेलले थपे, ‘जे-जे भन्यो, त्यो-त्यो नमानेकै आधारमा प्रधानन्यायाधीशलाई एक्ल्याउने गरी राजनीति गर्न खोज्ने पूर्वप्रधान्यायाधीशहरुमाथि पनि छानबिन हुन जरुरी छ।’

पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ। पूर्वप्रधानन्यायाधीशहरूले अदालतभित्र सेट गरेका 'आफ्ना मान्छे' प्रयोग गरेर चलखेल गरेको ठहरसमेत उनले गरेका हुन सक्छन्। तर प्रधानन्यायाधीशजस्तो जिम्मेवार व्यक्तिले बहाल रहेकै अवस्थामा अदालतमा विचाराधीन मुद्दामा समेत टिप्पणी गर्नु, यसका लागि कुनै टेलिभिजनलाई प्लेटफर्मको रूपमा प्रयोग गर्नु अशोभनीय भएको कानुनविद्हरूको टिप्पणी छ। 

प्रकाशित: Oct 29, 2021| 19:36 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...