शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लवका कार्यकर्ता रिहाइका लागि सरकार गृहकार्यमा छ : कार्यबाहक प्रधानमन्त्री खाण

विप्लवका कार्यकर्ता रिहाइका लागि सरकार गृहकार्यमा छ : कार्यबाहक प्रधानमन्त्री खाण

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्। 

गृहमन्त्रीसमेत रहका उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे। 

खाणले सो पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारीसमेत दिए। उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको उल्लेख गरे। सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबाहक प्रधानमन्त्री खाणको भनाइ छ।

‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस्। र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ। त्यसका लागि अहिले गृहकार्य भएको छ। र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ? र उहाँहरुको कानुनी अवस्था चाँहि कस्तो छ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ? कहाँकहाँ हुनुहुन्छ? त्यसको बारेमा अब स्पेसिफिक रुपमा छलफल गरौं। र बन्दीभन्दा पनि मुद्धा धेरै रहेछ। एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ। कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ। यसले गर्दाखेरी बन्दी भन्दा मुद्धा धेरै रहेछ। त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी। सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएरै शान्ति स्थापना गर्न प्रतिबद्ध छ।’

कार्यबहाक प्रधानमन्त्री खाणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि उल्लेख गरे। 

प्रकाशित: Oct 30, 2021| 17:51 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...