शुक्रबार, भदौ ५, २०८३

प्रदेश १ मा कात्तिक १५ गते एमाले सरकार ढल्छ : राजेन्द्र राई

नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १५ गतेभित्र एमाले नेतृत्वको सरकार ढल्ने र गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

विराटनगर- नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १५ गतेभित्र एमाले नेतृत्वको सरकार ढल्ने र गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन्।

प्रदेशसभाको कात्तिक १५ गतेको बैठकमा एमाले नेतृत्वको सरकार ढल्ने उनले बताएका हुन्। एमाले नेतृत्व ढलेपछि कात्तिक १७ गते भित्रमा नयाँ सरकार बन्ने उनको दाबी छ।

शनिबार समाजवादी मोरङले शनिबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमका नेता राईले सो कुरा बताएका हुन्। ९२ सदस्यीय प्रदेशसभामा गठबन्धनमा ५० जना सांसद एक ढिक्का भएको उनले बताए। पदलाई पैसामा खरिद गर्नका लागि एमाले नेताहरू लागि परेको नेता राईको आरोप छ। पैसामा गठबन्धनका नहल्लिएको उनले बताए।

केन्द्रको सहमति अनुसार प्रदेश १ र बागमतीमा समाजवादी नेतृत्वको सरकार बन्ने सहमति भएअनुसार आफू नेतृत्वको सरकार हुने नेता राईले बताए। 

समाजवादीका केन्द्रीय सचिव समेत रहेका नेता राईले केपी ओलीका कारण एमाले विभाजन भएको बताए। आफू अनुकुलका प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी बनाउदै पार्टी विभाजन लागेको उनले बताए। ओलीका कारण एमाले बदनाम हुँदै गएको नेता राईको भनाइ छ।

प्रकाशित: Oct 30, 2021| 14:55 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...