शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्चको समस्याबारे सत्ता गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ : प्रचण्ड

सर्वोच्चको समस्याबारे सत्ता गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ : प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्। अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पारे। 

शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए। अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी गरे। 

‘गठबन्धन ठिक ढंगले अगाडि बढ्दैछ। तपाईँहरुले पनि देखिराख्नु भएको छ। अब सरकारले पूर्णता पाईसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ। काठमाडौंमा अहिले नेताहरु कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ,' उनले भने, 'बैठक बस्ने बित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं। यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं। गठबन्धन स्मुथ्ली चलिराख्या छ। कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन।’

अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेकोसमेत बताए। 'संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको तर्क थियो। ‘अर्ली इलेक्सन हुँदैन। बडो क्लियर हुनुहोला। अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन। दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन। कोही कन्फ्युज हुनु पर्दैन,’ उनले भने। 

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमती भइसकेको जानकारी दिए। उनले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको उल्लेख गरेका थिए। 

प्रकाशित: Oct 30, 2021| 15:56 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...