तल हेर्दा आङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।
सत्ताका लागि १० सिटे नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाइदिन बुइँ चढ्ने र भ्रष्टाचारमा लिप्तलाई काखी च्याप्ने प्रवृत्तिकै कारण कांग्रेस जनताको नजरबाट गिर्दै गएको महामन्त्री थापाको गुनासो।
प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्याइने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकामा त्यसलाई नमान्ने बताएका हुन्।
लगानीकर्ताका लागि पाँचखाल पूर्वाधारका दृष्टिले उपयुक्त स्थल भएकाले लगानी भित्र्याएर नगरलाई औद्योगिक क्षेत्रमा समृद्ध बनाउने योजनाअनुसार नगरपालिकाले लगानी सम्मेलना गर्न लागेको हो।