काठमाडौं– विभिन्न काण्डमा सत्ताको टेको कांग्रेसका मान्छेलाई फसाइरहेको भनेर अवगाल बेहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध गठबन्धन दल, सरकार र समाजवादी मोर्चा कडिकडाउ रुपमा लागेको दाबी गरेका छन्।
आज सुर्खेतमा नेकपा माओवादी केन्द्रसहितका चार दल सम्मिलित समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देशसभामा प्रधानमन्त्री प्रचण्डले सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गरेको हुन्।
उनले भने, ‘गठबन्धन र सरकारका तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाइएको छ। इसमा समाजवादी मोर्चा थपिएको छ। सरकारले दायाँबायाँ हेर्दैन।’
केही मान्छिेले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाएको भन्ने अभिव्यक्ति झुट रहेको उनले दाबी गरे। ‘मैले सीआईबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुस्। यसबाट थाहा हुन्छ, मेरा पार्टीका मान्छेलाई कसरी बचाएँ?’
भ्रष्टाचारीमाथि खनिँदा सरकार टिक्ने/नटिक्ने विषयमा टेन्सन नलिएको उनले बताए।