आइतबार, वैशाख २७, २०८३

चितवन मेडिकल कलेज

१० वर्षमा ७ हजार बढी मुटुको शल्यक्रिया

प्राडाद्वय श्यामराज रेग्मी र विष्णुमणि धितालको टोलीले १० वर्षमा सात हजार बढीको शल्यक्रिया गरेको हो।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) ले बितेका १० वर्षमा ७ हजार १९० जनाको मुटुको शल्यक्रिया गरेको छ। प्राडा. श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो।

National life

१० वर्षसम्म काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका   प्राडा रेग्मीले सिएमसी क्याथ ल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानुपरेको छैन। काठमाडौंलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेका छन्।

क्याथ ल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार ११ भदौ २०७० देखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जियो प्लास्टिक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो।

मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए।

डा.रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ। नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गंगालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ। अस्पतालमा सरकारले उपलब्ध गराउँदै आएको लाखको छुटसमेत बिरामीले पाउने गरेका छन्।–रासस

प्रकाशित: Aug 31, 2023| 16:17 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्