शनिबार, वैशाख २६, २०८३

एक व्यक्ति, एक पद र एक समिति व्यवस्था लागू गर्दै जसपा

पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) मा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।

National life

हाल भइरहेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु रहेको केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। 

पार्टीगत समितिलाई विधानले व्यवस्था गरेबमोजिमको पदाधिकारी र सदस्य संख्यामा सीमित गरी गठन, पुनर्गठन र रुपान्तरण गर्ने व्यवस्था लागू हुने प्रमुख बस्नेतको भनाइ छ। उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहित रहने व्यवस्था गरेको छ।

सोहीअनुसार पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।

प्रकाशित: Aug 31, 2023| 13:46 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्