आइतबार, वैशाख २७, २०८३

ट्रेलरमा यस्तो देखियो शाहरूखको 'जवान'

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

National life

सार्वजनिक ट्रेलरमा शाहरूख खानको एक्सन दृश्य समावेश गरिएको छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेप्टेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रकाशित: Aug 31, 2023| 14:12 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्