मंगलबार, जेठ २६, २०८३

किशोरीलाई बलात्कार गर्ने दुई युवक पक्राउ

प्रहरीले बारबर्दिया नगरपालिका हरि खड्का र बारबर्दियाकै ईश्वर थारुलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको हो।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरि खड्कालाई पक्राउ गरेको छ। खड्काले ती किशोरीलाई ५ भदौ राती जबर्जस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस्तै, १७ वर्षीया अर्की किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ गुरुवागाउँका २३ वर्षीय ईश्वर थारुलाई प्रहरीले पक्राउ गरेको छ। थारुले ती किशोरीलाई गत १५ वैशाख राती जबर्जस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Aug 31, 2023| 13:54 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्