काठमाडौं– सप्तरी र बारामा नदीमा नुहाउँदा डुबेपछि दुई बालकको अकालमा ज्यान गएको प्रहरीले जनाएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ रम्पुरा टोलका शैलेन्द्र मण्डलका छोरा १२ वर्षीय आशिक मण्डलको सोही ठाउँस्थित घोरद नदीमा नुहाउने क्रममा डुबेर मंलगबार दिउँसो मृत्यु भएको हो।
बाराको महागढीमाई नगरपालिका–९ कञ्चनपुरका हिरालाल सहनीको छोरा १० वर्षीय सोनुकुमार सहनीको सोही नगरपालिका–९ स्थित नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।