मंगलबार, असार २४, २०८२

माओवादीका मन्त्री किराँतीले भने- राष्ट्रिय सरकार बनाऔं

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबी अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए। यी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्नेमा जोड दिए। यसका निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउँदै उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुपर्ने तर्क गरे।

राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्न सक्ने मन्त्री किराँतीको भनाइ थियो। उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानुनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुनहरू निर्माण गर्दै गरेको बताए।

प्रकाशित: Aug 31, 2023| 15:55 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्