मंगलबार, जेठ २६, २०८३

ट्विटरमा अब भिडियो कल गर्न मिल्ने

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

सोसल मिडिया प्ल्याटफर्म एक्स (ट्विटर)मा अब चाँडै अडियो तथा भिडियो कल गर्न सकिने सुविधा थप हुने भएको छ। ट्विटरमा मालिक एलन मस्कले यो जानकारी दिएका हुन्।

National life

नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबैमा उपलब्ध  हुनेछ। यसका लागि कुनै फोन नम्बर पनि आवश्यक पर्नेछैन।  

यो फिचर अहिले ह्वाट्सएप, फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा उपलब्ध छ। ट्विटरमा अडियो-भिडियो कल सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे मस्कले केही जानकारी दिएका छैनन्।

 

प्रकाशित: Aug 31, 2023| 14:23 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्