मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक महिनामै साउदीबाट २१५ नेपाली कामदार स्वदेश फर्किए

एक महिनामै साउदीबाट २१५ नेपाली कामदार स्वदेश फर्किए

नेपालबाट रोजगारीमा जाँदा गरिएको सम्झौताअनुसार कामदार कम्पनीले काम र दाम नदिएपछि २१५ नेपाली साउदीबाट वहिर्गमन अनुमति लिए।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं–नेपालीको रोजगार गन्तव्य साउदी अरबबाट अगस्त महिनामा मात्रै २१५ नेपाली कामदार स्वदेश फर्किएका छन्।

National life

नेपालबाट रोजगारीमा जाँदा गरिएको सम्झौताअनुसार कामदार कम्पनीले सुविधा नदिएपछि २१५ नेपाली साउदीबाट वहिर्गमन अनुमति लिएको रोजगार विभागले जनाएको हो।

साउदीमा रोजगारीका लागि गएका नेपालीले काम तथा तलब नपाउने समस्या विकराल भएपछि बाध्यतावश फर्किनुपरेको हो। साउदीस्थित नेपाली दूतावासले अगस्तमा मात्रै २१५ जनाले बहिर्गमन भीसा लिएर स्वदेश फर्केको बताएको छ।

समस्यामा परेकालाई स्वदेश फिर्तीका लागि एक्जिट भिसा प्रक्रिया निःशुल्क गरिदिने बताउँदै दूतावासले त्यस्तो भिसा लगाइसकेपछि स्वदेश फर्कने जहाजको टिकट व्यवस्थापन आफैंले गर्नुपर्ने जनाएको छ।

प्रकाशित: Aug 31, 2023| 15:01 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्