काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ। आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो। आज हाइड्रो, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर ५.८१ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर ७.९२ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २३ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २० करोड ५८ लाख बराबरको कारोबार भएको छ।