मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चामल निर्यातमा भारतले हटायो तीन देशको प्रतिबन्ध, परेन नेपाल

चामल निर्यातमा भारतले हटायो तीन देशको प्रतिबन्ध, परेन नेपाल

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

National life

भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध तीन देशका लागि फुकुवा भएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले ती देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ।

भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो। भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ। भारतले सरकारी तवरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो।

भारतले गत २० जुलाईमा चामल निर्यात रोकेको थियो। नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो। तर भारतले नेपालको प्रतिबन्ध फुकुवा गरेन। भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ।

प्रकाशित: Aug 31, 2023| 14:42 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्