मंगलबार, जेठ २६, २०८३

अपरेसनको डरले बाटोमै सुत्केरी भइन् उज्जली

खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले प्रसव व्यथा लागेपछि तीतेपाती ओछ्याएर बाटोमै छोरालाई जन्म दिएकी हुन्।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं– बाजुरामा प्रसव व्यथा लागेर अस्पताल लगिएकी एक गर्भवती महिला बाटोमै तीतेपाती ओछ्याएर सुत्केरी भएकी छन्। खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले प्रसव व्यथा लागेपछि तीतेपाती ओछ्याएर बाटोमै छोरालाई जन्म दिएकी हुन्।

National life

प्रसूति व्यथा लागेपछि अस्पताल लगिएकी सुनारलाई त्यहाँबाट फर्किने क्रममा बाटोमै सुत्केरी व्यथाले च्यापेपछि तीतेपातीलाई डसना बनाएर शिशुलाई जन्म दिएको बाजुराको बूढीगंगा नगरपालिका–१० का वडाध्यक्ष डेभिड क्षेत्रीले बताए।

उनका अनुसार वडाध्यक्ष, स्थानीय र स्वास्थ्य इन्चार्जको उपस्थितिमा बाटोमै उज्जलीलाई सुत्केरी गराइँदा शिशुलाई जन्म दिएकी हुन्। व्यथा लागेपछि अछामको बयलपाटा अस्पताल पुगेकी उनलाई स्वास्थ्य जाँच गर्दा चिकित्सकले अझै दुई साता बच्चा नजन्मिने भन्दै फर्काइदिएका थिए।

डाक्टरले शल्यक्रिया गरेर बच्चा जन्माउन भनेपछि उनी डराएर घर फर्किंदा बूढीगंगा नगरपालिका–१ पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन्।

सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर शिशुलाई जन्म दिएकी हुन्। अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अनमी सिर्जनाले बताइन्।

Shivam cement

प्रकाशित: Aug 31, 2023| 13:29 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्