मंगलबार, असोज ६, २०८३

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न पनि निर्देशन दिएका हुन्।

यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको निगरानी गर्न आग्रह गरेको छ। शिक्षक आचरण तथा प्रचलित शिक्षा ऐन र नियमावलीविपरीत गतिविधि पाइएमा कानुनअनुसार आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न आग्रह गरेको छ।

सिन्धुलीको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ। शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनसहितको व्यवस्थाविपरीत गतिविधि पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरी त्यसको जानकारी शिक्षा विकास तथा समन्वय एकाइलाई गराउन सम्बन्धित स्थानीय तहलाई भनिएको छ।

प्रकाशित: Sep 22, 2026| 08:22 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्