शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुन गाल्ने मेसिनः तस्करसँग सात वटा, सरकारसँग एउटा मात्रै

सुन गाल्ने मेसिनः तस्करसँग सात वटा, सरकारसँग एउटा मात्रै

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेका थप दुई वटा सुन गाल्ने उपकरण प्रहरीले बुधबार बरामद गरेको हो।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं– नेपाललाई सुन तस्करीको उब्जाउ क्षेत्र बनाएर धन्धा चलाइरहेकाहरुले उपत्यकामा मात्रै सात वटा सुन गाल्ने मेसिन राखेको पाइएको छ।

triton college

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं उपत्यकाका दुई ठाउँमा छापा मार्दा थप दुई वटा सुन गाल्ने मेसिन बरामद गरेपछि तस्करसँग यस्ता मेसिनको संख्या सात वटा रहेको देखिएको हो। 

सोही संख्याअनुसार सुन गाल्ने मेसिन तस्करसँग सात वटा र सरकारसँग एउटा मात्रै रहेको देखिएको छ। ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेका थप दुई वटा सुन गाल्ने उपकरण प्रहरीले बुधबार बरामद गरेको हो। यसअघि तस्कर समूहले प्रयोग गरेका ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेका थिए।

६० किलो सुन तस्करी प्रकरणमा तस्करले राष्ट्र बैंकमा रहेको भन्दा शक्तिशाली मेसिन प्रयोग गरी सुन गाल्ने गरेको प्रहरी छानबिनले पुष्टि गरेको छ। सुन तस्करी प्रकरण हाल राजस्व अनुसन्धान विभागबाट सीआईबीलाई सुम्पिइएको छ। 

राष्ट्र बैंकको टक्सार विभागमा सुन गाल्न एउटा मात्रै मेसिन छ, जुन मेसिनले मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ।

corrent noodles
Metro Mart

झन्डै १० वर्षअघि टक्सार विभागले खरिद गरेको मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्याउन आधा घन्टा लाग्छ। तर तस्करसँग भएका मेसिनले बढी ५ देखि १० मिनेटभित्रै सुन गाल्न सक्ने प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित: Aug 31, 2023| 15:20 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्