नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ का कारण खराब कर्जामा परिणत भएको कर्जालाई आगामी दुई वर्षसम्म कालोसूची वा निगरानीमा नराख्न राष्ट्र बैंकसँग आग्रह गरेको छ।
१५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/०७९ को बजेट वक्तव्यमार्फत गरिबी निवारण कोष खारेज गरेको घोषणा गरेका थिए। यद्यपि सोही बजेटको बुँदा नम्बर १४९ मा गरिबी निवारण कोष खारेज गरिएको...
अगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको पुलको स्पान भासिनुको साथै स्ल्याब पनि भत्किएको हो। पुल भासिएपछि ठेक्केदार कम्पनीलाई कारबाहीका लागि सिरहाका प्रजिअ कणेलले सम्बन्धित निकायमा पत्राचार समेत गरिसकेका बताएका छन्।
नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर पारित गरेको छ। कोषको शुक्रबार बसेको २६ औं वार्षिक साधारणभाले प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत...
‘प्राथमिकता त अनुगमनमा हुनुपर्ने हो,’ तिमिल्सिनाले भने, ‘परिस्थितिअनुसार जानकारी गराउनु स्वभाविक भएपनि म्याद नाघेका वस्तु बिक्री गरेको पाइएमा विभागले कारबाही गर्नबाट पन्छिनु हुँदैन।’
पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्।