शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण दिने

ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण दिने

ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण उपलब्ध गराउने भएको छ। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण उपलब्ध गराउने भएको छ। 

आइतबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंकबीच भएको सम्झौताअनुसार महासंघमा आबद्ध व्यवसायीले सहुलियतमा ऋण पाउने भएका हुन्। 

महासंघ र बैंकबीच आइतबार आपसी संस्थागत हित र व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति भएको महासंघले जानकारी दिएको छ। सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त हस्ताक्षर गरेका थिए। 

बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्ने जनाइएको छ। कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिने उल्लेख छ। 

बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सञ्चालन गर्न शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने भएको छ।

प्रकाशित: Jul 04, 2021| 13:15 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्