काठमाडौं- सिभिल बैंक लिमिटेडको प्रमूख कार्यकारी अधिकृत (सिइओ) को रुपमा सुनिलकुमार पोखरेलले पदभार सम्हालेका छन्।
२०७८ जेष्ठ २७ मा बसेको सञ्चालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियुक्त गरिएको थियो।
पोखरेल २०७८ वैशाख १८ गतेदेखि सो बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। उनी विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए। पोखरेलसँग विभिन्न बैंकमा काम गरेको करिब ३० वर्षको अनुभव छ।
सिइओको कार्यभार सम्हाल्दै पोखरेलले सिभिल बैंकमा डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउने र व्यवसायको आयतनमा वृद्धि गरी लगानी कर्तालाई उचित प्रतिफल दिने बताए।
सिभिल बैंकको चालू आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८८ अर्ब ९४ करोड निक्षेप र ८३ अर्ब ६० करोड कर्जा छ।