काठमाडौं– नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।
शिवम् यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती सँगै शिवम् सर्वोउत्कृष्ट ओ।पी।सी। सिमेन्ट उत्पादन साथै विक्री वितरण गर्ने तथा एन।एस। क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको जनाएको छ ।
ओपीसि सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन।एस। क्वालिटी अर्वाड–२०१९ पाएको थियो । “शिवमले गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरूप फेरि एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ,” कम्पनीले भनेको छ ।
यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणिकरण गर्दै आइरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरू कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्ड अनुरूप उत्पादन तथा विक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।
अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस–५७२ प्रमाणिकरण गर्न अनिवार्य छ । जसका लागि विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।
सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा विक्री गर्दै आएको छ ।