शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढीका कर्मचारी प्रदर्शनमा

सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढीका कर्मचारी प्रदर्शनमा

सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढी शाखाका कर्मचारी प्रदर्शनमा उत्रिएका छन्।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढी शाखाका कर्मचारी प्रदर्शनमा उत्रिएका छन्।

केही दिन यता बैंकिङ क्षेत्रका कर्मचारी देशव्यापी विरोधमा उत्रिएका बेला प्राइम कमर्सियल बैंक धनगढी शाखाका कर्मचारीहरूले पनि विरोधप्रदर्शन गरेका हुन्।

उनीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध बैंक परिसरमै कालो ब्यानरसहित प्रदर्शन गरेका छन्।

खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै विरोधमा उत्रिनु परेको उनीहरूको गुनासो छ।

जबर्जस्ती कोषमा आवद्ध हुन दबाब दिइए कानुनी उपचारका साथै देशव्यापी आन्दोलन गर्ने चेतावनी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दिँदै आएका छन्।

तर, कोषले भने आन्दोलनरत पक्षले दाबी गरेजस्तो कम सुविधा सामाजिक सुरक्षा कार्यक्रममा प्रदान नगरेको जिकिर गर्दै आएको छ।

आफूहरूले उठाएका माग सम्बोधन गर्न सामाजिक सुरक्षा कोषसँग पटक–पटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएको आन्दोलनरत पक्षले जनाएको छ।

प्रकाशित: Jul 04, 2021| 07:06 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्