चालू आव सकिने बेला राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन बैंकलाई राष्ट्र बैंकको परिपत्र।
२९ माघ २०५२ मा नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।
सवारी लाइसेन्सको नयाँ आवेदन र राजस्व तिर्न अनलाइन सेवा सुरु भएपछि यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अन्त्य हुने मन्त्री ज्वालाको दाबी।